नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका–१० सुर्खेतरोडस्थित सेन्ट्रल सिटी एण्ड किरण प्रभा यूरो केयर सेन्टर प्रालिले आजदेखि औपचारिकरुपमा सेवा प्रवाह सुरु गरेको छ ।
बरिष्ठ चिकित्सक गोपाल श्रेष्ठ र समाजसेवी विजय गुप्ताले प्रालिको एक समारोहकाबीच शुभारम्भ गर्नुभएको हो ।
यसअघि नै सेवा प्रवाह गर्दै आएको सेन्ट्रल सिटी एण्ड किरण प्रभा यूरो केयर सेन्टर प्रालिले आज सरस्वति पूजाको अवसर पारेर त्यसलाई औपचारिकता दिइएको संचालक समेत रहनुभएका यूरोलोजिष्ट डा दिपेश गुप्ताले बताउनुभयो ।
यूरोका विरामीलाई एउटै छातामुनिबाट सेवा दिने उद्देश्यले अस्पताल संचालनमा ल्याइएको उहाँको भनाइ छ । यूरो सेवासँगै सर्जरी, मेडिसिन, छाला तथा यौनरोग, प्याथोलोजी, रेडियोलोजीलगायतका सेवा प्रवाह गरिने छ ।
नेपालगन्ज मेडिकल कलेजमा कार्यरत पश्चिम नेपालकै अब्बल मुत्ररोग विशेषज्ञ डा दिपेशले यसक्षेत्रका मात्र होइन् कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौं विरामीलाई नेपालगन्जमा बसेर सेवा दिरहनुभएको छ ।
पछिल्लो समय पिसाव, पत्थरी, प्रोष्टेटका बिरामीहरुको संख्या बढ्दैं गएको छ । त्यतीमात्र होइन् मृगौला प्रत्यारोपण गर्नै पर्ने समस्या भएका विरामी पनि अस्पताल आउने गरेका छन् ।
लेजर सर्जरीको अभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा त झन विरामीले सहजरुपमा युरोसँग सम्वन्धित उपचार नै पाउन सकिरहेका छैनन् । कारण बिशेषज्ञ चिकित्सक नै पर्याप्तता छैनन् ।
नेपालगन्जमा संचालनमा ल्याइएको सेन्ट्रल सिटी एण्ड किरण प्रभा यूरो केयर सेन्टर प्रालिले बिरामीहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्ने डा दिपेशको प्रतिबद्धता छ ।
को हुन डा दिपेश ?
सानैदेखिको रहर वा चाहनालाई जीन्दगीको बास्तविकतामा उतार्नेहरु सायदै हुन्छन् । भनिन्छ रहरलाई जस्ले बास्तविक जीन्दगीमा उतार्न सक्छ उस्लाई सफलताको शिखर चुम्न धेरै संघर्ष गरिरहनु पर्दैन पनि ।
हो, डा दिपेश गुप्तालाई पनि त्यो सानैदेखिको रहरलाई आफ्नो बास्तविक जीन्दगीमा रङ्ग भर्न धेरै संघर्ष गर्नु परेन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत युरोलोजिष्ट डा गुप्ताले भन्नुभयो–‘सानैदेखि डाक्टर बन्ने नै चाहाना थियो र भए ।’
अभिभावकको चाहना एउटा, तर छोराछोरीको चाहाना अर्कै भइदिँदा धेरैले आफ्नो चाहनालाई बीचबाटोमै अलपत्र छाड्ने गरेका छन् । ‘मेरो परिवारको ‘व्यागग्राउण्ड’ राजनीति र पत्रकारितातर्फ थियो डा गुप्ताले स्वास्थ्य पेजसँगको भलाकुसारीमा भन्नुभयो–‘बुवाका साथीहरु डाक्टरहरु भएकाले मेरो रहरलाई रङ्ग भर्न सहज ग¥यो ।’
प्रेस स्वतन्त्रता सेनानी पन्नालाल दिपेशका हजुरबुवा । जस्लाई पत्रकारहरुले आर्दश व्यक्तिकारुपमा लिने गर्छन् । विजय गुप्ता दिपेशका बुवा । राजनीतिज्ञदेखि बरिष्ठ अधिवक्ता समेत हुनुहुन्छ । साथीभाइको संगत डाक्टर नै भएपनि विजय गुप्ताले फरक बाटो रोज्नुभयो तर छोरा दिपेशले भने बुवाका साथीहरुको पेशा ।
भनिन्छ रहरलाई जस्ले बास्तविक जीन्दगीमा उतार्न सक्छ उस्लाई सफलताको शिखर चुम्न धेरै संघर्ष गरिरहनु पर्दैन पनि । हो, डा दिपेश गुप्तालाई पनि त्यो सानैदेखिको रहरलाई आफ्नो बास्तविक जीन्दगीमा रङ्ग भर्न धेरै संघर्ष गर्नु परेन् । विजयको परिवार जागिरकै सिलसिलामा काठमाडौंमा बस्थ्यो ।
दिपेश पनि त्यतै जन्मनुभयो २०३५ साल कार्तिक २६ गते । तर दिपेशको बाल्यकाल भने आफ्नै नगरी नेपालगन्जमा वित्यो । रानीतलाउ प्रा.विमा १ देखि ५ र ६ देखि १० कक्षा महेन्द्र मा।विमा अध्ययन गरेका डा दिपेशले २०५० सालमा सरकारी विद्यालयबाट एसएसलीमा जिल्ला टप गर्नुभयो ।
अस्कल क्याम्पस काठमाडौंबाट आइएसी उर्तिण गरेपछि उहाँले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालबाट एमविविएस उर्तिण गर्नुभयो । एमएस र एमसीएच भने उहाँले टिचिङ हस्पिटल काठमाडौंबाट गर्नुभयो ।
‘बुवा राजनीतिज्ञ र अधिबक्ता भएपनि उहाँको संगत डा सुरेश कुमार कनोडिया र एम किदवाईसँग बढी थियो युरोलोजिष्ट डा दिपेशले भन्नुभयो–‘बुवाको चाहना पनि छोराले डाक्टर नै पढोस् भन्ने थियो र मेरो चाहना पनि डाक्टर नै पढ्ने सबै मिल्यो ।’ ६ बर्ष अघि नेपालगन्ज शिक्षण अस्पतालमा सेवा प्रवेश गर्दा डा दिपेश एमसीएच गरेका एक्ला नेपाली चिकित्सक हुनुहुन्थ्यो ।
स्वास्थ्य पेजले प्रश्न ग¥यो यूरोलोजी रोज्नुको कारण ? यो अलि एडभान्सजस्तै लाग्यो उहाँले थप्नुभयो–‘मेरो रुचि पनि एडभान्स टेक्नोलोजी प्रयोग गरेर विरामीको उपचार गर्ने थियो । त्यो प्रविधिको अधिकतम उपयोग गर्न युरोलोजी विभाग रोजे ।’
तपाईले कल्पना गरेको युरो अस्पताल कस्तो हो ? ‘सबै सुविधा होस् । भविष्यमा मृगौला प्रत्यारोपण समेत गर्न सकियोस् । विरामी अस्पताल पुगेपछि थप सेवाका लागि कतै जान नपरोस् ।’
पश्चिम नेपालकै अब्बल मुत्ररोग विशेषज्ञ डा दिपेशले यसक्षेत्रका मात्र होइन् कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौं विरामीलाई नेपालगन्जमा बसेर सेवा दिरहनुभएको छ । पछिल्लो समय पिसाव, पत्थरी, प्रोष्टेटका बिरामीहरुको संख्या बढ्दैं गएको छ ।
त्यतीमात्र होइन् मृगौला प्रत्यारोपण गर्नै पर्ने समस्या भएका विरामी पनि अस्पताल आउने गरेका छन् । लेजर सर्जरीको अभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा त झन विरामीले सहजरुपमा युरोसँग सम्वन्धित उपचार नै पाउन सकिरहेका छैनन् । कारण बिशेषज्ञ चिकित्सक नै पर्याप्तता छैनन् ।
‘यूरोका विरामीलाई एउटै छातामुनिबाट सेवा दिन आवश्यक देखिएको छ उहाँले भन्नुभयो–‘त्यस्कै लागि यो अस्पताल स्थापना भएको हो ।’ नेपालगन्जका स्थायीबासी समेत रहनुभएका डा दिपेश युरो समस्याका विरामीलाई सकेसम्म छिटो, छरितो, सहज र सहि निदानका साथ उपचार गर्ने गरी सुविधा र प्रविधिमैत्री यूरो अस्पताल यहाँको आवश्यकता बोद्ध डा दिपेशलाई छ ।