कोरोनाबाट चर्चित गायिका लता मंगेशकरको निधन

    • स्वास्थ्य पेज

  • २३ माघ २०७८, आईतवार

नेपालगन्जः भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उहाँको निधन भएको हो ।

वरिष्ठ गायिका  मंगेसकरको ९२ वर्षको उमेरमा निधन भएको छ ।

उहाँले हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उहाँले थुप्रै नेपाली गीतहरु पनि गाउनुभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गर्नुभएको छ ।

कोरोना संक्रमण भएपछि उहाँ २७ दिनदेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । केही दिनयता उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।

उहाँ फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित हुनु भएको छ । उहाँको जन्म सन् १९२९ मा भारतको  इन्दौरमा भएको थियो ।

  • २३ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech