आज थप ३८ जनामा कोरोना पुष्टि, ६० जना निको

    • स्वास्थ्य पेज

  • २२ माघ २०७८, शनिबार

नेपालगन्जः बाँकेमा आज थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा २५ र एन्टिजेन परीक्षणमा १३ जनागरी ३८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७० जनाको नमुना जाँच्दा २५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

भेरीमा ११, कोहलपुर मेडिकल कलेजमा ७ र बागेश्वरी ल्यावमा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै जमुनाहा नाकामा ३५५ जनाको एन्टिजेन जाँच गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका १३ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ७९३ पुगेको छ । यस्तै थप ६० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार १९६ पुगेको छ ।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech