नेपालगन्जः बाँकेमा आज थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर परीक्षणमा ४३ र एन्टिजेन परीक्षणमा ५ जनागरी ४८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जिल्लाका तीनवटा पीसीआर ल्यावमा ८६ जनाको नमुना जाँच्दा ४३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
भेरीमा ३०, कोहलपुर मेडिकल कलेजमा १० र बागेश्वरी ल्यावमा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै जमुना नाकामा २७५ जनाको एन्टिजेन जाँच गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका मध्ये बाँकेका २५ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ७८० पुगेको छ ।
यस्तै थप ८९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार १३६ पुगेको छ ।
हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४९७ रहेको छ । दुई जना सिकिस्त विरामी छन् । ३२ जना मध्यम खाले विरामी छन् । एक जनाको भने भेन्टिलेटरमा राखेर उपचार चल्दै छ ।