बाँकेमा एकैदिन ८६ जना डिस्चार्ज, ४४ जना थपिए, अस्पतालमा चाप भने बढ्यो

    • स्वास्थ्य पेज

  • २० माघ २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्जः बाँकेमा आज थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणमा ३२ र एन्टिजेन परीक्षणमा १२ जनागरी ४४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७० जनाको नमुना जाँच्दा ३२ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

भेरीमा ११, कोहलपुर मेडिकल कलेजमा १५ र बागेश्वरी ल्यावमा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै जमुना नाकामा २८४ जनाको एन्टिजेन जाँच गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका १४ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ७५५ पुगेको छ । यस्तै थप ८६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ४७ पुगेको छ ।

हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ६२९ रहेको छ । दुई जना सिकिस्त विरामी छन् । ४६ जना मध्यम खाले विरामी छन् । संक्रमण दर घटेपनि अस्पतालमा भने विरामीको चाप बढेको छ ।

  • २० माघ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech