नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-८ का ८६ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।
उनलाई माघ १३ गते कोभिड पुष्टि भएको थियो । त्यसैदिन उनी अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा स्वास्थ्यमा सुधार नआउँदा आज विहान ९ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४८ पुगेको छ ।