नेपालगन्जः बाँकेमा आज थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो ७५ जनामा कोरोना देखिएको थियो ।
पीसीआर परीक्षणमा ६९ र एन्टिजेन परीक्षणमा १४ जनागरी ८३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जिल्लाका तीनवटा पीसीआर ल्यावमा १२६ जनाको नमुना जाँच्दा ६९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।
भेरीमा ४०, कोहलपुर मेडिकल कलेजमा २१ र बागेश्वरी ल्यावमा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै जमुना नाकामा १८७ जनाको एन्टिजेन जाँच गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका मध्ये बाँकेका ४१ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ७४१ पुगेको छ । यस्तै थप ९६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ९६१ पुगेको छ ।
हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ७०१ रहेको छ । दुई जना सिकिस्त विरामी छन् । ४६ जना मध्यम खाले विरामी छन् ।