नेपालगन्जः जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना महामारी संक्रमण फैलिने क्रम यथावत रहेकोले माघ मसान्तसम्म विद्यालय संचालन तथा भिडभाड गर्न रोक लगाएको छ ।
गृह मन्त्रालयको परिपत्र तथा कोभिड-१९ व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा कोरोना जोखिम कायम भएको हुदा माघ मसान्तसम्म भिडभाडजन्य कार्य नगर्न आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आज एक सार्वजनिक सुचना जारी गर्दै माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य कुनै पनि शैक्षिक क्रियाकलाप गर्न रोक लगाईएको उल्लेख छ ।
त्यस्तै सिनेमा घर, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके, हाटबजारमा समेत रोक लगाईएको उल्लेख गरिएको छ ।
यसअघि सरकारले पुस अन्तिम सातादेखि माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको थियो । तर कोरोना संक्रमणको तेस्रो भेरियन्टको जाखिम कायमै भएपछि जिल्लामा भौतिक रुपमा पठनपाठनमा रोक लगाईएको छ ।