२३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्यो

    • स्वास्थ्य पेज

  • १८ माघ २०७८, मंगलवार

नेपालगन्जः कोरोना भाइरसविरद्धको २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुगेको छ । सोमबार र मंगलबार गरी दुई दिनमा खोप नेपाल आइपुगेको हो । कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा खोप नेपाल ल्याइएको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।

सरकारले कोभ्याक्समार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने जनाएको थियो । त्यसमध्ये १६ लाख ६० हजार मात्रा खोप यसअघि नै आइसकेको छ ।

यो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने चौरासियाले बताउनुभयो । सरकारले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई निरन्तरता दिन थप खोपहरु पनि ल्याउँदैछ ।

कोभ्याक्स सुविधामार्फत नै थप ६२ लाख मात्रा खोप अनुदानमा ल्याउने प्रक्रिया पनि अघि बढिसकेको छ । यस्तै ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउन फाइजर खोप ८४ लाख मात्रा खरिद गर्ने सरकारको तयारी छ ।

  • १८ माघ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech