जिल्ला प्रशासन कार्यालय बाँकेको सेवा प्रवाह भोलीदेखि नियमित (सेवा लिन जाँदा यी मापदण्ड अनिवार्य)

    • स्वास्थ्य पेज

  • १८ माघ २०७८, मंगलवार

नेपालगन्जः कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गएको माघ १२ गतेदेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय बाँकेको सेवा प्रवाह भोलीदेखि नियमित हुने भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले भोलीदेखि सम्पूर्ण सेवा नियमित हुने जानकारी दिनुभयो । सेवाग्राहीलाई सेवा लिन आउँदा खोपकार्ड भने अनिवार्य गरिएको छ ।

यस्तै मास्क अनिवार्य लगाउन, सेनिटाइजरको प्रयोग गर्न, कार्यालयमा कम्तिमा दुई मिटरको भौतिक दूरी कायम गर्न प्रशासनले आग्रह गरेको छ । यस्तै रुघाखोकी, ज्वरोजस्ता लक्षण देखिएका सेवाग्राही कार्यालयमा प्रवेश नर्गन कार्यालयले आग्रह गरेको छ ।

 

  • १८ माघ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech