नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चिकित्सक डा तारानाथ पोखरेलले अवकाश पाउनुभएको छ ।
११ औं तहका चिकित्सा डा पोखरेल उमेरका आधारमा आजबाट सरकारी सेवाबाट अनिवार्य अवकाश पाउनुभएको हो ।
डा पोखरेल मन्त्रालयको महत्वपूर्ण महाशाखा रुपमा रहेको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुखका रुपमा कार्यरत रहनुभएको थियो ।
यस्तै दुई साताअघि डा भिमसिंह टिंकरीले पनि अनिवार्य अवकाश पाउनुभएको छ । स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ डा भिमसिंह टिंकरीले माघ २ गते अवकाश पाउनुभएको हो ।
उहाँले अवकाश पाएसँगै मन्त्रालयमा १२ औं तहका विशेषज्ञ ३ जना मात्र बाँकी रहेका छन्। स्वास्थ्य मन्त्रालयमा १२ औं तहका विशेषज्ञको दरवन्दी ४ जनाको छ।