नेपालगन्ज: बाँकेमा कोरोना भाइरस संक्रमित थप एकजना बिरामीको मृत्यु भएको छ ।
नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा आठबिस नगरपालिका-६ रुकुम पश्चिमका ६५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
माघ १५ गते कोभिड संक्रमण पुष्टि भएपछि उपचारका लागि माघ १६ गते भर्ना हुनुभएका उहाँको आज बिहान ३ बजे मृत्यु भएको हो । फोकलपर्सन ओलीका अनुसार उहाँले खोप लगाउनुभएको थिएन ।
योसँगै बाँकेमा कोरोना संक्रमण पछि उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ४४१ जनाको मृत्यु भएको छ ।