दैखेल प्रशासन कार्यालयमा पाँच दिन नियमित सेवा रोकिने

    • स्वास्थ्य पेज

  • १६ माघ २०७८, आईतवार

नेपालगन्जः कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय भोलि सोमवारदेखि पाँच दिनसम्मका लागि बन्द हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आज आइतवार सूचना निकालेर सेवाग्राहीको स्वास्थ्य सुरक्षाको ध्यान राख्दै माघ १७ देखि २१ गतेसम्म नियमित सेवाहरू रोकिने जानकारी दिनुभएको छ । विपद् व्यवस्थापन, शान्ति–सुरक्षा र मुद्दाका काम भने नरोकिने सूचनामा जनाइएको छ ।

प्रशासन कार्यालयका २१ कर्मचारीमध्ये चार जनालाई कोरोना सङ्क्रमण भएको र सबैजसो कर्मचारीलाई लक्षण देखिएका कारण पाँच दिनका लागि कार्यालयबाट दिइने नियमित सेवाहरू रोकिएको प्रजिअ प्याकुरेलले बताउनुभयो ।

यसअघि कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि माघ १४ गतेदेखि एक हप्ताका लागि राष्ट्रिय बाणिज्य बैंक दैलेख शाखाले सबै सेवा बन्द गरेको सूचना निकालेको छ । बैंकले राजस्व तिर्नका लागि वैकल्पिक व्यवस्थापन गर्न सकिने जनाएको छ ।

  • १६ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech