नेपालगन्जः बाँकेमा आज थप एक सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ९४ नमुना परीक्षण भएकोमा एक सय २६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।
भेरी अस्पतालमा एक सय १४ जनाको नमुना जाँच गर्दा ६८, मेडिकल कलेज कोहलपुरमा ५८ जनाको नमुना जाँच गर्दा ४६ र बागेश्वरी ल्यावमा २२ नमुना जाँच गर्दा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि भएकामध्ये बाँकेका ८६ जना छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या आठ सय ७८ जना छन् । भेरी अस्पतालमा मात्रै ३२ जनाको उपचार भइरहेको फोकलपर्सन वलीले बताउनुभयो ।