जनमत पार्टीका कार्यकर्ताहरूद्वारा चिकित्सकमाथि आक्रमण

    • स्वास्थ्य पेज

  • १२ माघ २०७८, बुधबार

नेपालगन्जः जनमत पार्टीका कार्यकर्ताहरूले जनकपुरधाममा चिकित्सकमाथि आक्रमण गरेका छन् । जलेश्वर अस्पतालका मेसु डा सतिस साहमाथि बुधबार जनमतका कार्यकर्ताहरूले आक्रमण गरेका छन् ।

आक्रमणमा परी घाइते भएका मेसु साहको मुखमा ८ वटा टाका लागेको छ । मेसु प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा उहाँको गाडीमा आक्रमण भएको हो ।

यसअघि उनीहरूले मधेस प्रदेशका प्रदेश सांसद अशोक यादव सवार गाडीमा पनि तोडफोड गरेका थिए ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जाँदै गरेका यादवको गाडीमा जानकी मन्दिर अगाडि तोडफोड भएको हो । सांसद यादवको हातमा समेत चोट लागेको छ ।

केही वर्षअघि नै खुला राजनीतिमा आएको सिके राउत नेतृत्वको जनमत पार्टीले पछिल्लो समय बन्द र हड्ताल गर्दैआएको छ ।

साथै प्रदर्शनको क्रममा उक्त पार्टीका कार्यकर्ताले यसअघि पनि सवारीमा तोडफोड गरेका थिए ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech