केयर सिटि अस्पतालमा वृह्त रक्तदान

    • स्वास्थ्य पेज

  • ७ माघ २०७८, शुक्रबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका १८ कारकाँदोस्थित भुजइँ गाउँमा आज वृह्त रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

केयर सिटि अस्पताल एण्ड रिर्सच सेन्टर र लायन्स क्लव अफ नेपालगन्ज सनराइजको आयोजनामा सिटि अस्पतालमा रक्तदान कार्यक्रम गरिएको हो ।

कोरोना भाइरस महामारीको तेस्रो लहर फैलिएसँगै रगतको अभाव हुन सक्ने कुरालाई ध्यानमा राखेर रक्तदान कार्यक्रम गरिएको अस्पतालका एमडी सन्तोष शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त रक्तदानमा ५४ जनाले रक्तदान गरेका थिए ।

रक्तदान नै जीवन दान हो भन्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको रक्तदानमा युवाहरुको सहभागीता बढी रहेको थियो । अस्पतालले उपचार सेवासँगै सामाजिक सेवालाई पनि अगाडि बढाउँदै लैजाने अस्पतालका निर्देशक डा विष्णुबहादुर थापाले प्रतिबद्धता जनाउनुभयो ।

  • ७ माघ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech