नेपालगन्ज र कोहलपुर बन्यो कोरोनाको हटस्पट, आज ११६ जना थपिए, महिला धेरै

    • स्वास्थ्य पेज

  • ७ माघ २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा आजपनि परीक्षण भएकामध्ये आधा भन्दा धेरैलाई कोरोना पुष्टि भएको छ ।
जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ७१ नमुना परीक्षण भएकोमा एक सय १६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।हिंजो १०७ जनामा भाइरस संक्रमण पुष्टि भएको थियो ।

भेरी अस्पतालमा ९२ जनाको नमुना जाँच गर्दा ६९, मेडिकल कलेज कोहलपुरमा ५८ जनाको नमुना जाँच गर्दा ३६ र बागेश्वरी ल्यावमा २१ नमुना जाँच गर्दा ११ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ९० जना छन् । संक्रमण पुष्टि भएका सबैभन्दा बढी नेपालगन्ज र कोहलपुरका छन् । पुरुषको तुलनामा महिलाको संख्या बढी छ । जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सय ७८ पुगेको छ ।

आज संक्रमण पुष्टि भएका संक्रमितसहित जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ९ सय ९० पुगेको छ । यस्तै आज थप १९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार दुई सय १४ पुगेको छ ।

 

  • ७ माघ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech