कोरोनाका कारण लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित

    • स्वास्थ्य पेज

  • ६ माघ २०७८, बिहीबार

नेपालगन्जः कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ ।

आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका छन् ।

देशभर कोरोना संक्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने दबावमा थियो ।

त्रिभुवन विश्वविद्यालयले पनि वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech