चिनियाँ भेरोसेल खोपको अभाव, पहिलो र बुस्टर डोज रोक्न सरकारको उर्दी

    • स्वास्थ्य पेज

  • ६ माघ २०७८, बिहीबार

नेपालगन्जः सरकारले चिनियाँ भेरोसेल खोप अभाव रहेको स्वीकार गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोपको मौज्दात निकै कम रहेको भन्दै पहिलो र बुस्टर डोज खोप नलगाउन भनेको छ ।

भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई मात्रै दोस्रो डोज लगाउन विभागले भनेको हो । बुधबार पनि उपत्यकाका अधिकांश खोप केन्द्रहरुमा एक घण्टाभित्रै भेरोसेल खोप सकिएको थियो जसका कारण लाइनमा बसेका सेवाग्राहीहरु आक्रोशित हुँदै फर्किएका थिए ।

बुधबारदेखि नै भेरोसेलको मात्र एउटा खोप केन्द्रलाई दुई सय डोज भन्दा कम पठाउन थालिएको पनि विभागले जनाएको छ ।

सरकारले माघ २ गतेदेखि फ्रन्टलाइनरमा काम गर्नेलाई बुस्टर खोप लगाउने निर्णय गरे पनि खोप अभावक कारण भेरोसेल खोप लगाएका अधिकांश फ्रन्टलाइनरहरु पनि बुस्टर डोजबाट बञ्चित भएका छन् ।

विभागले कोभिसिल्ड र जोनसन एण्ड जोनसन खोपको मात्रा बढी रहेको भन्दै सोही खोप लगाउन जोड दिएको छ । पहिलो मात्रा लगाउन चाहनेहरुलाई पनि सोही खोप दिन भनिएको छ ।

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech