अमेरिकाले अफगानिस्तानलाई कोरोना सम्बन्धी सामग्रीहरू उपलब्ध गराउने

    • स्वास्थ्य पेज

  • ६ माघ २०७८, बिहीबार

काठमाडौं: अमेरिकाले अफगानिस्तानलाई कोरोना सम्बन्धी सामग्रीहरू उपलब्ध गराउने भएको छ ।

कोभिड संक्रमणसँग लड्न १० लाख डोज खोप उपलब्ध गराउने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन् । उपलब्ध गराउन लागिएको खोप मध्ये आठ लाख ४० हजार खोप जोन्सन एण्ड जोन्सन खोप रहेको अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बताउँनुभयो ।

मानवीय नाताले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको उहाँले जानकारी दिनुभयो ।

अफगानिस्तानलाई ३० करोड ८० लाख अमेरिकी डलर बराबरको विभिन्न सहयोग गर्ने घोषणा अमेरिकाले यसअघि नै गरेको थियो ।

 

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech