काठमाडौं: कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउन आउने नागरिकहरुलाई कोभिसिल्ड/ एस्ट्राजेनिका खोप लगाइदिन स्वास्थ्य सेवा विभागले सबै स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।
देशैभर भेरोसिल खोपको मौज्दात न्यून भएको भन्दै पहिलो मात्रा लगाउन आउनेहरुलाई कोभिसिल्ड खोप दिन विभागले निर्देशन दिएको हो । अहिले देशभर कोभिडविरुद्धको खोप लगाउने काम धमाधम भैरहेको छ ।
पहिलो मात्रा मात्र
नभएर खोपको पूर्ण मात्रा लगाउने कार्यक्रम र फ्रन्टलाइनरलाई बुस्टर डोज खोप दिने कार्यक्रम समेत चलिरहेको छ । संक्रमण तिब्र रुपमा फैलिएपछि अहिले खोप लगाउनेहरुको संख्या समेत बढ्दो छ ।
त्यसो त सरकारले सार्वनजिक स्थानमा जाँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने भनेपछि पनि खोप लगाउनेहरु बढेको आँकलन गरिएको छ ।