कोरोना परीक्षणका लागि पीसीआर शुल्क घटाउने सरकारको तयारी

    • स्वास्थ्य पेज

  • ५ माघ २०७८, बुधबार

नेपालगन्जः सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ । परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले आज या भोलिसम्म शुल्क घटाउने निर्णय हुने बताउनुभयो ।

अहिले सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुँदै आएको छ ।

शुल्क महँगो भएकै कारण धेरैले लक्षण देखिए पनि परीक्षण गर्ने गरेका छैनन् । तर सरकारी अस्पतालमा पीसीआर परीक्षण निःशुल्क हुने भएकाले लक्षण देखिनेबित्तिकै नजिकको सरकारी अस्पताल जान सचिव पोखरेलको सुझाव छ ।

पीसीआर परीक्षणको सुविधा भएका अस्पतालमा ओपीडीको टिकट काटेर निःशुल्क परीक्षणको सेवा लिन सकिने उहाँले बताउनुभयो ।

विदेश जाने या अरु कामले परीक्षण गराउनेहरुलाई मात्र सरकारी अस्पतालमा एक हजार शुल्क लाग्ने, तर लक्षण भएका बिरामीको भने निःशुल्क पीसीआर परीक्षण हुने डाक्टर पोखरेलको भनाइ छ ।

  • ५ माघ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech