सुदूरपश्चिममा ४ दिनमा १३०० संक्रमित, दुई जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ५ माघ २०७८, बुधबार

नेपालगन्जः सुदूरपश्चिममा कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ । गएको चार दिनमा एक हजार तीन सय जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले सार्वजनिक गरेको विवरण अनुसार माघ १ गतेदेखि मंगलवारसम्म परीक्षण गराउने कुल पाँच हजार सात सय १७ मध्ये एक हजार तीन सय जनामा संक्रमण देखिएको हो ।

सो अवधीमा पीसीआर बिधिबाट परीक्षण गरिएका आठ सय ११ मध्ये चार सय ९३जना अर्थात् झण्डै ६१ प्रतिशतमा संक्रमण देखिएको हो । यस्तै सो अवधीमा एन्टिजेन बिधिबाट परीक्षण गरिएका चार हजार नौ सय ६ जनामध्ये एक हजार आठ सय सात अर्थात् १६.४४ प्रतिशतमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।

माघ महिनाको पहिलो चार दिनमा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण दुई जनाले ज्यान गुमाएका छन् ।

आइतबार खप्तड छेडेदह गाउँपालिका–२ बाजुराका ५२ वषर्ीय एक पुरुषको होम आइसोलेसनमा रहेका बेला मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै शनिबार कैलालीको कैलारी गाउँपालिका–५ की एक महिलाको सेती प्रादेशिक अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो चरणको संक्रमण सुरु भएदेखि हालसम्म चार लाख ५५ हजार ६९ जनामा कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ५१ हजार दुई सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म पीसीआर विधिबाट परीक्षण गरिएका दुई लाख १३ हजार आठ सय १२ मध्ये ३९ हजार दुई सय दुई जनामा संक्रमण देखिएको छ । यस्तै एन्टिजेन विधिबाट परीक्षण गरिएका दुई लाख ४१ हजार दुई सय ५६ मध्ये १२ हजार तीन सय १९ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिममा हालसम्म ६ सय १६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएका दुई सय ४६ र पीसीआर विधिबाट संक्रमण पुष्टि भएका तीन सय ७० जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

  • ५ माघ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech