बाँकेमा ५५ प्रतिशतले लगाए कोरोना विरुद्ध खोपको पूर्णमात्रा

    • स्वास्थ्य पेज

  • ५ माघ २०७८, बुधबार

APTOPIX Virus Outbreak Vaccine

नेपालगन्जः बाँकेमा ५५ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । १८ वर्षमाथिका खोप लगाउने लक्षित वर्ग चार लाख ६ हजार ६५ जना र १२ देखि १८ वर्ष उमेर समूहका ७९ हजार ८ सय ३६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ ।

तिमध्ये ५५ प्रतिशतले खोपको पूर्णमात्रा लगाएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार खोपको पहिलो मात्रा ८० प्रतिशतले लगाएका छन् ।

लगाउनेकाम अहिलेपनि चलिरहेको छ । ओमिक्रोन भाइरसको संक्रमण फैलिँदै गएपछि खोप लगाउनेको संख्यामा वृद्धि भएको उहाँको भनाइ छ ।

अहिले पालिकाका सबै ठाउँमा खोप लगाउने व्यवस्था मिलाइएको छ । यस्तै खोपको दुवै मात्रा पूरा गरेकालाई भेरी अस्पतालमा वुष्टर खोप लगाउने कार्यक्रम पनि चलिरहेको छ ।

  • ५ माघ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech