नेपालगन्जः बाँकेमा परीक्षण भएकामध्ये आधा भन्दा धेरैलाई कोरोना पुष्टि भएको छ ।
जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ४५ नमुना परीक्षण भएकोमा ७७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएका अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् ।
भेरी अस्पतालमा ७१ नमुना जाँच गर्दा ४१, मेडिकल कलेज कोहलपुरमा ५५ नमुना जाँच गर्दा २८ र बागेश्वरी ल्यावमा १९ नमुना जाँच गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५१ जना छन् । उनीहरु अधिकांश नेपालगन्ज र कोहलपुरका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ७ सय ७१ पुगेको छ ।