बाँकेमा आज थप ५८ जनामा कोभिड पुष्टि, अस्पतालमा भर्नादर बढ्यो

    • स्वास्थ्य पेज

  • ३ माघ २०७८, सोमबार

तस्बिर:फाइल

नेपालगन्जः बाँकेमा आज थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ७२ नमुना जाँच गर्दा थप ५८ जनामा भाइरस संक्रमण देखिएको हो ।

भेरी अस्पतालमा ३५ नमुना जाँच गर्दा १९, मेडिकल कलेज कोहलपुरमा ६८ नमुना जाँच गर्दा १९ र बागेश्वरी ल्यावमा ६९ नमुना जाँच गर्दा २० जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९–व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ४६ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ६ सय ९४ पुगेको छ । यस्तै ८ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ७१ पुगेको छ ।

अस्पतालहरुमा पनि संक्रमित विरामीको चाप बढ्न थालेको छ । भेरी अस्पतालको आइसोलेसन वार्डमा १८ जना उपचाररत रहेका छन् । ती मध्ये केहीको अवस्था गम्भीर छ ।

  • ३ माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech