नेपालगन्ज: नेपालगन्जमा न्यूरो क्लिनिक सञ्चालनमा आएको छ । न्यूरो सर्जन डा.जोशन न्यौपानेको नेतृत्वमा सुर्खेतरोडमा नेपालगन्ज न्यूरो ट्रमा एन्ड मल्टि स्पेशियलिटी सेन्टर आजदेखि सञ्चालनमा आएको हो ।
एकै छानामुनिबाट विभिन्न विशेषज्ञ सहितको स्वास्थ्य सेवा दिनेगरि क्लिनिक सञ्चालनमा आएको सञ्चालक समेत रहनुभएका डा. न्यौपानेले जानकारी दिनुभयो । बिरामीले त्यहाँ न्यूरो सहित हाडजोर्नी, छाला तथा यौनरोग विशेषज्ञ सेवा, फिजिसियन सेवा लगायत फार्मेसी सेवा पाउने छन् ।
नेपालगन्जका एक्ला न्यूरो सर्जन डा न्यौपानेले क्लिनिक सञ्चालनमा ल्याएपछि अब न्यूरोसँग सम्बन्धीत उपचार सेवा पाउन बिरामीलाई अझ सहज हुने विश्वास गरिएको छ ।
सेन्टरले आजबाट विधिवत रुपमा सेवा शुरु गरिसकेको सहायक फर्मासिस्ट दिनेश विष्टले बताउनुभएको छ ।