पर्यटन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • ३ माघ २०७८, सोमबार

नेपालगन्जः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ।

आज बिहान एन्टिजेन्ट परीक्षण गर्दा उहाँलाई कोरोना संक्रमण देखिएको हो।

‘रूघाखोकी र पखला लागेपछि एन्टिजेन्ट परीक्षण गरेको थिएँ, पोजेटिभ रिपोर्ट आयो,’ मन्त्री आलेले भन्नुभयो–‘पिसीआरका लागि स्वाब दिएको छु, बेलुकीसम्म रिपोर्ट आउला।’

आफूलाई ज्वरो पनि आइरहेकोले निवासमा आराम गरिरहेको मन्त्री आलेले जानकारी दिनुभयो ।

‘काम धेरै थियो, बिरामी परेर बर्वाद भयो उहाँले भन्नुभयो–‘आशा छ भरैको रिपोर्ट नेगेटिभ आउला।’

मन्त्री आले पछिल्लो समय अनुगमनलगात काममा व्यस्त हुनुहुन्थ्यो ।

  • ३ माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech