काठमाण्डौंमा आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदै

    • स्वास्थ्य पेज

  • ३ माघ २०७८, सोमबार

काठमाडौं: काठमाण्डौंमा आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ ठाउँबाट बुस्टर डोज लगाउन सकिनेछ। हिजोदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै हिजो सुरु हुन सकेको थिएन ।

अग्रपंक्तिमा काम गर्नेहरूका लागि बुस्टर मात्रा उपलब्ध हुने स्वास्थ्य महाशाखाले जनाएको छ। माघ १४ गतेदेखि भने ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिलाई बुष्टर डोज खोप लगाइने महाशाखाले जनाएको छ।

खोप लगाउँन यसअघिको खोप कार्ड पनि अनिवार्य लैजान भनिएको छ ।

  • ३ माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech