बाँकेमा पहिलो दिन २१० जनाले लगाए बुस्टर डोज

    • स्वास्थ्य पेज

  • २ माघ २०७८, आईतवार

नेपालगन्ज: बाँकेमा पछिल्लो २४ घण्टामा एक हजार १० जनाले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेशबाबु श्रेष्ठका अनुसार सोही अवधिमा २१३ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

आजबाट सुरु भएको बुस्टर डोज अभियान अन्र्तगत पहिलो दिन अग्रपंक्तिमा खटिनेहरू २१० जनाले बुस्टर डोज लगाएका छन् ।

बाँकेमा आजसम्म पहिलो डोज लगाउनेहरुको कुल संख्या ३ लाख २२ हजार २४१ पुगेको छ । त्यस्तै दोस्रो डोज लगाउनेहरुको संख्या २ लाख १९ हजार ५६९ पुगेको स्वास्थ्य कार्यालय बाँकेको तथ्यांकमा उल्लेख छ ।

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech