काठमाडौं: पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो तथ्यांक अनुसार ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् । २४ घण्टामा ५४ हजार ३१२ जनाले खोप लगाएका छन् ।