कोभिडका कारण प्रतिनिधिसभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित

    • स्वास्थ्य पेज

  • २ माघ २०७८, आईतवार

काठमाडौं: प्रतिनिधिसभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । कोरोनाको संक्रमण बढेको भन्दै यसअघि माघ ३ गते सोमबार अर्थात भोलि दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।

संसद्का महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको जानकारी दिनुभएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक माघ १६ गते आइतबार दिनको १ बजेका लागि निर्धारण गरेको पनि सूचनामा उल्लेख छ ।

 

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech