नेपालगन्ज: सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ। कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको यस्तो निर्णय गरेको थियो । यसैबिच सबै प्रकारका आमसभा, भेला र जुलुस रोक्ने निर्णय समेत गरिएको छ । माघ मसान्तसम्म धेरै मान्छे भेला हुने कार्यक्रम गर्नमा रोक लगाइएको मन्त्री कार्कीले बताउनुभयो ।
यस्तै डान्सबार, दोहोरी, नाच घर, क्लब, हेल्थ क्लब, स्विमिङ पुल, फुटसल लगायतमा पनि रोक लगाईएको छ ।
पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।