आजदेखि फ्रन्टलाइनरहरूलाई बुस्टर डोज

    • स्वास्थ्य पेज

  • २ माघ २०७८, आईतवार

नेपालगन्ज: सरकारले आजदेखि कोरोना खोपको बुस्टर डोज दिने भएको छ । अग्रपंक्तिमा खटिनेहरूलाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर खोपको पूर्ण मात्रा लगाईसकेका अग्रपङ्क्तिमा खटिने नागरिकहरुलाई बुस्टर डोज दिन भनेको हो ।

मन्त्रालयका अनुसार अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर सङ्कलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूले बुस्टर डोज पाउनेछन् ।

यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घ संस्था, बैंकिङ्ग सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइने मन्त्रालयले जनाएको छ ।

६० वर्ष र उक्त उमेरभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने माघ १४ गतेदेखि बुस्टर डोज दिइने मन्त्रालयले निर्णय गरेको छ।

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech