जमुनाह हेल्थ डेक्समा खटिएका दुई स्वास्थ्यकर्मी पनि संक्रमित

    • स्वास्थ्य पेज

  • २६ पुष २०७८, सोमबार

नेपालगन्जः नेपालगन्जको जमुनाह नाका हेल्थ डेक्समा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । एकजना ल्यावमा कार्यरत कर्मचारी र अर्का पारामेडिक्स कर्मचारीमा भाइरस संक्रमण पुष्टि भएको हो ।

हेल्थ डेस्कमा खटिएका कर्मचारीमा भाइरस संक्रमण देखिन थालेपछि स्वास्थ्यकर्मीको  अभाव हुन सक्ने  जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

भारतमा कोरोना भाइरसको संक्रमण तीब्ररुपमा फैलिन थालेपछि रोजगारीको शिलशिलामा त्यहाँ पुगेका नेपालीहरु धमाधम घर फर्किरहेका छन् । यसरी भारतबाट आएका नेपालीहरुलाई नेपालगञ्ज नाकामा एन्टिजेन जाँच गरेर मात्रै पठाउने गरिएको छ।

त्यसका लागि नेपालगञ्ज नाकामा रहेको जमुनाहा हेल्थ डेस्कमा कोरोना जाँच गर्नेको ठेलमठेल देखिन्छ। प्रहरीले कोरोना जाँच गरेर मात्रै जान भनेपछि भारतबाट आएकाहरू घण्टौँ लाइन लागेर एन्टिजेन जाँच गर्ने गरेका छन्।

दैनिक करिब आठ सयसम्म एन्टिजेन जाँच हुने गरेको छ । सानो ठाउँ छ। लाइन लाग्दा लामो र भीड देखिन्छ। कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसको चाप बढी छ।

भारतको दिल्ली, महाराष्ट्र, चण्डीगढ, हैदरावाद, चेन्नाईबाट आएका व्यक्तिमा कोरोना देखिएको छ। यतिबेला नाकामा सबैमा ओमिक्रोन देखिएको छ।नेपालगञ्ज नाकामा कोरोना देखिएकालाई एम्बुलेन्समा राखेर नेपालगञ्जस्थित बालमन्दिरको आइसोलेसनमा ल्याउने गरिएको छ।

आइसोलेसनमा ल्याइएका व्यक्तिलाई सम्बन्धित पालिकाबाट गाडी मगाएर पठाउने गरिएको छ।

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech