तालिमको भरमा औषधि बेच्न नदिने नेपाल फार्मेसी संघको चेतावनी, विभागलाई ज्ञापनपत्र

    • स्वास्थ्य पेज

  • १८ पुष २०७८, आईतवार

नेपालगन्जः नेपाल फार्मेसी संघ बाँकेले तालिमको भरमा औषधि बेच्न नदिने भन्दै सम्बद्ध सरोकारवाला पक्षलाई सचेत पारेको छ ।

जनस्वास्थ्य माथि खेलवाड हुने भन्दै संघले तालिमको भरमा कुनै पनि व्यक्तिलाई औषधि बेच्न नदिने चेतावनी दिएको हो ।

औषधि व्यवस्था विभागले तालिम दिएर औषधि बेच्न पाउने विवादास्पद विषयलाई औषधि सल्लाहकार समितको बैठकमा एजेण्डा पेश गर्ने तयारी गरेको छ।

संघले आइतवार औषधि व्यवस्था विभाग, शाखा कार्यालय नेपालगन्जका प्रमुख निनु श्रेष्ठलाई भेटेर यस विषयमा ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण समेत गराएको छ।

विभागको उक्त तयारी कुनै पनि हालमा पुरा हुन नदिने संघका बाँके महासचिव दिनेश विष्टले जानकारी दिनुभयो ।

देशमा पर्याप्त मात्रामा जनशक्ति हुँदा हुँदै विभागले कसैको प्रभावमा आएर यस किसिमको तयारी गर्नु अत्यन्तै निन्दनीय र जनस्वास्थ्यमाथिको खेलवाड भएको उहाँको भनाइ छ ।

ज्ञापनपत्र बुझ्दै शाखा प्रमुख श्रेष्ठले आफुहरु मागप्रति गम्भीर रहेको जानकारी दिँदै केन्द्रमा जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 

  • १८ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech