नक्कली रेम्डेसिभिर औषधि विक्री गर्ने गिरोह प्रहरीको फन्दामा

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७८, शुक्रबार

विराटनगर: नक्कली रेम्डेसिभिर औषधि विक्री गर्ने गिरोहलाई विराटनगरमा प्रहरीले पक्राउ गरेको छ ।कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डेसिभिर भनी अर्कै औषधि बिक्री गरेको पाइएपछि उक्त गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली रेमडिसिभिरको कारोबार गरेको आरोपमा विराटनगरको साथी फार्मेसी सञ्चालक सोनु आलम पक्राउ परेका मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनुभएको छ । उक्त गिरोहले कोरोनाको औषधि रेमडेसिभिरको नक्कली स्टिकर टाँसेर बिक्री गर्दै आएको थियो ।

प्रहरीले दिउँसो करिब १ बजे सोनु आलमलाई औषधि पसलबाट स्टासेफ औषधिको ४ वटा बट्टा सिसी र रेमडेसिभिरको १ बट्टा सिसी सहित पक्राउ गरेको थियो।गिरोहले ‘स्टासेफ’ औषधिमा रेमडिसिभिरको स्टिकर लगाएर बिक्री गर्दै आएको प्रहरीको भनाइ छ ।

दुईवटै औषधिको बोतलको आकार उस्तै छ । होटल भाडामा लिएर गिरोहले स्टासेफ औषधिको बट्टामा रेमडिसिभिरको खोल र स्टिकर प्रयोग गरेर बिक्री गर्दै आएको प्रहरी स्रोतको दाबी छ ।कोरोना संक्रमण बढेसँगै रेमडेसिभिर विक्री गर्ने गिरोह नै परिचालित भएको प्रहरीको आशंको छ।

उनीहरूले अस्पतालका विभिन्न औषधि पसलमा सम्पर्क गर्दै नक्कली औषधि संक्रमितका बिरामीलाई दिएर रकम असुल्ने गरेको पाइएको छ।

 

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech