अक्सिजन प्लान्ट खरिदका लागि सुदूरपश्चिमका जिल्ला अस्पताललाई ८० लाख

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७८, शुक्रबार

धनगढीः अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउन सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालहरूलाई रकम उपलब्ध गराएको छ।

८० लाख रूपैयाँका दरले जिल्ला अस्पताललाई रकम उपलब्ध गराइसकिएको प्रदेश सरकारले जनाएको छ। प्रदेशभित्रका ६ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न ८० लाखका दरले रकम उपलब्ध गराइएको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पताल पठाइएको जानकारी दिएको छ। प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले केही अस्पतालले अक्सिजन उत्पादन गर्ने मेसिन खरिदको प्रक्रियासमेत सुरू गरिसकेको जानकारी दिनुभयो ।

सुदूरपश्चिममा अहिले दैनिक पाँच सय वटा अक्सिजन भरिएका सिलिन्डर आवश्यक परेको छ। तर प्रदेशमा तीन सय सिलिन्डर मात्रै अक्सिजन उपलब्ध छ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech