होम आइसोलेसनमा बसेका संक्रमितको अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु

    • स्वास्थ्य पेज

  • २३ बैशाख २०७८, बिहीबार

नेपालगन्जः बर्दियामा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु भएको छ ।

बारबर्दिया नगरपालिका-८ बर्दियाका ४१ वर्षीय पुरुषको गएराती मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बर्दियाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उनलाई १७ गते भाइरस संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी होमआइसोलेसनमा बसेका थिए ।

उनलाई एक्कासी च्याप्दै गएपछि राती नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ल्याउनेक्रममा बाटोमै मृत्यु भएको श्रेष्ठले बताउनुभयो ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech