बाँकेमा थप चारजना संक्रमितको मृत्यु, अधिकांश युवा उमेरका, एकजनाको पालिका आइसोलेसनमै मृत्यु

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा एकैरात चारजनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जना बाँकेका हुन् भने एकजना बर्दियाका हुन् ।

बैजनाथ गाउँपालिका-२ का २० वर्षीय पुरुषको कोहलपुरमै मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनी १४ गते अस्पताल भर्ना भएका थिए । उनलाई १७ गते कोभिड पुष्टि भएको थियो । उनको उपचारका क्रममा बेलुका ६ बजे मृत्यु भएको अस्पतालले जनाउको छ ।

यस्तै भाइरस संक्रमणबाट कोहलपुरकी ४० वर्षीया महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-११ की ती महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । उनलाई १६ गते कोभिड पुष्टि भएको थियो । १७ गते अस्पताल भर्ना भएकी थिइन । उनको गएराती ८ बजे मृत्यु भएको हो ।

यस्तै खजुरा गाउँपालिका-३ का ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको हो । १७ गते गरिएको एन्टिजेन परीक्षणबाट उनलाई कोभिड पुष्टि भएको थियो । त्यसपछि उनी गाउँपालिकाले खजुरामा बनाएको जनक शिक्षा सामाग्री आइसोलेसनमा भर्ना भएका थिए । १८ गते भर्ना भएका उनको त्यसैदिन साँझ ६ः १५ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट १२३ जनाको मृत्यु भएको छ ।

बर्दिया राजापुर नगरपालिका -२ का २७ वर्षीय युवाको उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनले १७ गते कोभिड परीक्षण गराएका थिए । त्यस्को भोलिपल्ट रिपोर्ट पोजेटिभ आयो । उनी १८ गते मेडिकल कलेज कोहलपुरको कोभिड वार्डमा भर्ना भए । उनको त्यसैदिन साँझ ५ः३० बजे मृत्यु भएको हो ।

योसँगै उपचारका क्रममा बाहिरी जिल्लाका ११९ जनाको मृत्यु भएको छ ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech