नेपालगन्ज: बाँकेमा कोभिड संक्रमित थप दुईजनाको मृत्यु भएको छ । उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा जिल्लाकै दुई जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । संक्रमणका कारण नेपालगन्ज उपमहानगरपालिका-१ का ६० वर्षिय महिला र नेपालगन्ज-१० का ४९ वर्षिय पुरुषको मृत्यु भएको हो ।
नेपालगन्ज-१ का ६० वर्षिय महिलाको बागेश्वरी ल्याबमा बैशाख १४ गते पीसीआर परीक्षण गरिएको थियो । १६ गते हिजो भेरी अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज बिहान ६:३० बजे मृत्यु भएको हो ।
त्यस्तै नेपालगन्ज-१० का ४९ वर्षिय पुरुषको बैशाख ५ गते पीसीआर परीक्षण गर्नुभएको थियो । बैशाख १५ गते अस्पताल भर्ना हुनुभएका उहाँको आज दिउँसो १२:३० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेका ११३ जनाले ज्यान गुमाइसकेका छन् ।