लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा विकास देवकोटालाई

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७८, बिहीबार

नेपालगन्जः लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई नियुक्त हुनुभएको छ। सरकारले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा देवकोटालाई सरकारले प्रदेश स्वास्थ्य सचिवमा सरुवा गरेको हो।

लुम्बिनी प्रदेशमा केही दिनअघि मात्र स्वास्थ्य मन्त्रालय गठन भएको थियो। यसअघि प्रदेशमा स्वास्थ्य मन्त्रालय थिएन। सामाजिक विकास मन्त्रालयले नै स्वास्थ्यको समेत काम गर्दै आएको थियो।

डा देवकोटाले आइतबार प्रदेशमा गएर पदवहाली गर्ने जानकारी दिनुभयो । उहाँले कोरोना संक्रमण बढेको यो समयमा प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन हुनु खुशीको कुरा भएको जानकारी दिनुभयो ।

 

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech