भेरी अस्पतालमा थप २१४ जनामा कोरोना पुष्टि, नेपालगन्जका मात्रै १९२ जना संक्रमित

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७८, बिहीबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जको पीसीआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा २१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अस्पतालको प्रयोगशालाले सार्वजनिक गरेको सूचना अनुसार बैशाख १५ गते संकलन गरिएका कुल २८८ नमुना परीक्षण गर्दा ७४.३ प्रतिशत अर्थात २१४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोभिड पुष्टि हुनेहरुमा १३२ जना पुरुष र ८२ जना महिला हुनुहुन्छ । अस्पतालका अनुसार बिहिबार संक्रमण पुष्टि हुनेहरु अधिकांश बाँकेकै हुनुहुन्छ । बाँकेका १९२ जना, बर्दियाका १२, सुर्खेतका ३ जना र बाँकि अन्य जिल्लाका नागरिकहरुमा संक्रमण पुष्टि भएको हो ।

बाँकेका संक्रमित सबै नेपालगन्ज उप-महानगरपालिकाका रहेको र १९२ जना मध्य २० देखि ५० वर्ष उमेर सुमहका मात्र ६४ प्रतिशत अर्थात १३७ जना हुनुहुन्छ ।

२० वर्ष देखि ५० वर्ष उमेर समुहका मात्र १३७ जना रहेका छन् ।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech