नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना महिला र अर्का पुरुष रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका-१७ की ३९ वर्षीया महिलाको गएराती साढे १० बजे मृत्यु भएको हो । ती महिलालाई बैशाख ८ गते कोरोना पुष्टि भएको थियो । उनी त्यसको भोलिपल्ट अस्पताल भर्ना भएकी थिइन् ।
त्यस्तै नेपालथन्ज उपमहानगरपालिका-१२ का ६५ वर्षीय पुरुषमा १ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेका उनी ५ दिन होमआइसोलेसनमा बसेका थिए ।
भाइरसले च्याप्दै गएपछि ६ गतेमात्रै उनी अस्पताल भर्ना भए । उपचारका क्रममा उनको आज विहान साढे २ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले बताउनुभयो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।