ओपीडी सेवा तत्काललाई बन्द गर्न अस्पतालहरूलाई निर्देशन

    • स्वास्थ्य पेज

  • १५ बैशाख २०७८, बुधबार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओपीडी सेवा तत्काललाई बन्द गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले मंगलबार सबै अस्पताललाई पत्र लेख्दै मन्त्रालयले कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले अस्पतालहरूलाई सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था तत्काल गर्न पनि भनेको छ ।

यस्तै मन्त्रालयले अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने र रिक्त दरबन्दी भए छ महिना करारमा लिनसमेत भनेको छ ।

अस्पतालमा भएका जनशक्तिलाई विभाजन गरेर काम लगाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । आधा जनशक्तिलाई एक दिन र आधालाई अर्को दिन पर्ने गरी पालो निर्धारण गर्न मन्त्रालयले भनेको छ ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech