स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन मन्त्रालयको निर्देशन

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०७८, मंगलवार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन निर्देशन दिएको छ।

मन्त्रालयले आज सचिवस्तरीय निर्णय र्दै  कोभिड १९ संक्रमणको दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने संक्रमित बिरामीको प्रभावकारी उपचार व्यवस्थापनका लागि लामो बिदा बसेका कर्मचारी तुरुन्त बोलाउन पनि निर्देशन दिएको छ।

अस्पतालको बेड, जनशक्ति र  संक्रमित बिरामीको संख्याको आधारमा बहिरङ्ग सेवा, इलेक्टीभ सर्जरी लगायतका सेवा हाललाई स्थगित गर्ने तर आकस्मिक सेवा सुनिश्चित गर्न पनि स्वास्थ्य मन्त्रलायले अस्पतालहरुलाई निर्देशन दिएको छ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech