कोरोनाको उपचार प्रभावकारी गराउन भेरी अस्पताललाई ५० लाख दिने लुम्बिनी प्रदेश सरकारको निर्णय

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७८, सोमबार

तस्वीरः फाइल

नेपालगन्जः लुम्बिनी प्रदेश सरकार मातहतको भेरी अस्पतालमा संचालित कोरोना विशेष अस्पताललाई प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि उपचारलाई थप प्रभावकारी बनाउनका लागि लुम्बिनी प्रदेश सरकारले आफ्नो मातहतमा रहेका भेरी अस्पतालसहित दाङको बेलझुण्डी, प्रादेशिक अस्पताल बुटवललाई ५०-५० लाख दिने निर्णय गरेको हो ।

यस्तै भिम अस्पताललाई २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारले चारवटा अस्पताललाई १ करोड ७५ लाख रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय गरेको छ।

त्यस्तै, कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय समेत भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताउनुभयो ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech