नेपालगन्ज मेडिकल कलेजमा संक्रमित दुई महिलाको हेर्दा हेर्दै मृत्यु

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा थप दुई जना महिलाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये एकजना बाँके खजुराकी हुन भने अर्की दाङ बबईकी हुन् ।

खजुरा गाउँपालिका-८ की ५२ वर्षीया महिला स्वास्थ्यमा समस्या भएपछि हिंजो मध्यान्ह अस्पताल भर्ना भएकी थिइन् । उपचारका क्रममा उनको हिंजै मृत्यु भएको थियो । तर पीसीआर रिपोर्ट आज पोजेटिभ आयो ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८६ पुगेको छ । यस्तै स्वास्थ्यमा समस्या आएपछि आज दिउँसो अस्पताल भर्ना भएकी बबई गाउँपालिका-४ दाङकी ३९ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

उनको पनि पीसीआर रिपोर्ट पोजेटिभ आएको बाँकेका कोरोना फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै उपचारका लागि बाहिरि जिल्लाबाट आएका १ सय ४ जना संक्रमितको मृत्यु भएको छ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech