रेमडिसिभिर औषधि ल्याउन औषधि व्यवस्था विभागले दियो अनुमति

    • स्वास्थ्य पेज

  • १० बैशाख २०७८, शुक्रबार

काठमाडौं: औषधि व्यवस्था विभागले कोरोनाको उपचारमा प्रयोग हुने रेमडिसिभिर औषधि आयातका लागि अनुमति दिएको छ।

बंगलादेशमा उत्पादित ३० हजार भाइल रेमडिसिभिर औषधि आयातका लागि विभागले अनुमति दिएको हो।
बेक्सिम्को फर्मास्यिुटिकल्सबाट २० हजार र इन्सेक्ट्रा बंगलादेशबाट १० हजार भाइल औषधि आउन लागेको विभागले जनाएको छ।

यी औषधि निर्यातका लागि हाम्रो मेडी कन्सर्न र आयान हेल्थ केयर प्रालिलाई अनुमति दिइएको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिनुभयो । विभागका अनुसार आगामी एक साताभित्र यी औषधि नेपाल भित्रनेछ।

कोरोना संक्रमण बढ्दै गएपछि भारतमा रेमडिसिभिर औषधिमा प्रतिबन्ध लगाएको छ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech