काठमाडौं: देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा शुक्रबार थप २ हजार ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ७९८ जनाको पीसीआर परिक्षण गर्दा २ हजार ४४९ जना र ८६६ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ११० जना गरि २५५९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ । संक्रमणबाट निको भएर शुक्रबार ४१० जना डिस्चार्ज भएका छन् ।
योसँगै देशभर कोरोना भाइरस संक्रमणबाट निको भएर २ लाख ७६ हजार ७५५ पुगेको छ । गएको २४ घण्टामा ५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको मन्त्रालयमा रिर्पोट भएको छ ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण देशभर ज्यान गुमाउनेहरुको संख्या ३ हजार १२२ पुगेको छ । हाल देशभर ७५ जना क्वारेन्टाइनमा छन् ।
कोरोना भाइरसका १४ हजार ७२४ जना सक्रिय सक्रमित स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।